पाँच कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा दिए निवेदन, कुनको कति कित्ता ?
२४ असोज, काठमाडौं । पाँच कम्पनीले आईपीओ निष्काशन गर्ने भएका छन् । जगदम्बा स्टिल, एसवाई प्यानल, माविलुङ इनर्जि लिमिटेड, एम्बालिङ हाइड्रोपावर र एपेक्स हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग्दै बुधवार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
१) जगदम्बा स्टिल कम्पनी
जगदम्बा स्टिल कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो। कम्पनीले प्रिमियम मूल्यमा ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ३०० रुपैयाँमा २ करोड ७० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति माग्दै बोर्डमा निवेदन दिएकोछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
२) एसवाई प्यानल
एसवाई प्यानलले ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
३) माविलुङ इनर्जि लिमिटेड
माविलुङ इनर्जि लिमिटेडले १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
४) एम्बालिङ हाइड्रोपावर
एम्बालिङ हाइड्रोपावरले २८ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
५) एपेक्स हस्पिटालिटी लिमिटेड
एपेक्स हस्पिटालिटी लिमिटेडले २४ लाख कित्ता सेयर निष्कासन गर्ने छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।
प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १५:५४












