एक कम्पनीको नगद लाभांश इकाइधनीहरुको बैंक खातामा जम्मा
२४ असोज, काठमाडौं । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फन्डको नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा जम्मा गरिएको छ।
योजना व्यवस्थापक प्रभु क्यापिटलले उक्त योजनाको आर्थिक वर्ष २०७९/८०को करसहित ९.५ प्रतिशत नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा जम्मा गरेको हो । फन्डले असोज १२ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेको इकाइधनीको खातामा लाभांश जम्मा गरिएको हो ।
फन्डको योजना व्यवस्थापक प्रभु क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।
प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार ०९:३३












