नेपाल लाइफ क्यापिटलले आयोजना गर्यो जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम
२४ असोज, काठमाडौं । नेपाल लाइफ क्यापिटलले मधेश प्रदेशको जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा जनकपुरमा सेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे सहभागीलाई साक्षर गराउने उद्धेष्यले “लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन” विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
नेपाल धितोपत्र बोर्डका निर्देशक हरिप्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न कार्यक्रममा नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नविन बाँस्कोटाले लगानीका क्षेत्र र शेयर बजारको महत्व बारे प्रकाश पारेका थिए ।
उनले निम्न आय भएका व्यक्तिले सेयर बजारमा कसरी पहुँच पुर्याउन सक्छन् र यस्तो बजारबाट सर्वसाधारणले कसरी लाभ लिन सक्छन् भन्ने विषयमा जोड दिएका थिए।
त्यसैगरी कोष प्रबन्धक नवराज सिलवालले सेयर बजारको महत्व, यसले कसरी काम गर्छ र लगानीका थप क्षेत्रहरू के हुन् भन्ने बारेमा जानकारी दिएका थिए ।
उनले धितोपत्र बजारमा हुने जोखिम, बजारमा लगानीलाई कसरी पृथकीकरण गरी जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा पनि प्रकाश पारेका थिए ।
नेपाल लाइफ क्यापिटलका अधिकृत विज्ञान नेपालले डिम्याट, ब्रोकर, सेयर बजार र जोखिम विश्लेषणको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका गरी १०८ जनाको सहभागिता थियो ।
प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार ०९:१५