६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

निरन्तर बढ्दै सुनको मूल्य, कति पुग्यो तोलाको ?

२३ असोज, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ४०० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबारको दिन सोमबार पनि सुनको मूल्य  तोलामा १ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३४५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार ११:०९