घलेम्दी हाइड्रोको हकप्रदमा कहिलेसम्म कायम सेयरधनीहरुले दिन पाउँछन् आवेदन ?
२२ असोज, काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीको असोज २१ गते आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासनका लागि कात्तिक ३ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ कात्तिक २ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउँनेछन् ।
नेपाल धितोपत्र बोर्डले हालै घलेम्दी हाइड्रोलाई १ः२ अनुपातमा अर्थात् चुक्तापुँजीको २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड १० लाख कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई बिक्री गर्नेछ। कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार ०९:५२












