१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

एमाले नेता शेषमान लामा ककनीबाट पक्राउ, थप कारबाहीका लागि काठमाडौँ लगियो

२१ असोज, नुवाकोट । नेकपा एमालेका नेता शेषमान लामा नुवाकोटको ककनीबाट पक्राउ परेका छन । बैंकिङ कसुरको मुद्दामा लामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख सञ्जयसिंह थापाले दैनिकीलाई जानकारी दिए । लामा आइतबार ककनी गाउँपालिका वडा नम्बर ८ बाट पक्राउ परेका हुन ।

महानगरीय प्रहरी परिसर टेकुले जारी गरेको पक्राउ पुर्जीको आधारमा लामा पक्राउ परेका हुन । प्रहरी परिसर टेकुले लामालाई पक्राउ गरेर पठाइदिन पत्र पठाएकाले नुवाकोट प्रहरीले लामालाई पक्राउ गरेर काठमाडौँ पठाएको प्रहरी प्रमुख थापाले बताए ।

लामा ककनी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष समेत हुन । उनी नेकपा एमाले ककनी गाउँपालिका कमिटीको समेत अध्यक्ष हुन । लामा निकट स्रोतले भने अर्कैको लेनदेनको विषयमा जमानीवस्ता समस्या आएको भन्दै भोलिसम्ममा रिहा हुने दाबी गरेका छन ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आईतवार २२:३४