छुट्ला है ! एक वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२१ असाेज, काठमाडाैं । सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज २१ गते अन्तिम दिन रहेकाे छ । वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि असोज २२ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म नेप्सेमा काराेबार भइ कारम रहेका सेयरधनीहरूले बैंकले वितरण गर्ने लाभांश पाउनुका साथै साधारणसभामा सहभागि हुन सक्नेछन् ।
सानिमा बैंककाे १९औँ वार्षिक साधारणसभा कात्तिक २ गते काठमाडाैंकाे चण्डोलस्थित कुण्डलिनी बैंक्वेटमा बिहान ११ बजेबाट सुरू हुनेछ। सभाले हाल कायम चुक्तापुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७०% लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।
साथै, सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय अवस्थाको विवरण, आयव्यय विवरणसमेत पारित गर्नेछ ।
प्रकाशित मिति : २१ आश्विन २०८०, आईतवार ०९:२३