३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा, के-के छन् विशेषता ?

१९ असाेज, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारदेखि २० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ।  राष्ट्र बैंकले साविककै आकार र रंगमा ९ लाख ९९ हजार ९९९ वटा नयाँ नोट बजारमा ल्याएको हो ।

नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर र बोर्डरमा नोटको सिरिज नम्बर र नेपालीमा वि.सं. २०७९ लेखिएको छ । नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ भने मध्य भागमा दुईवटा बाह्रसिंगाको चित्र छ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार १३:००