वाणिज्य बैंकका सीईओहरुसँग राष्ट्र बैंकको छलफल
१७ असाेज, काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सँग छलफल गर्ने भएको छ । राष्ट्र बैंकले पछिल्लो वित्तीय अवस्थाका बारेमा बैंकका सीइओहरुसँग छलफल गर्न लागेको हो ।
छलफलमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर निलम ढुंगाना र बमबहादुर मिश्र, रेगुलेसन विभाग प्रमुख गुणाकर भट्ट, सुपरभिजन विभाग प्रमुख देवकुमार ढकाल लगायतका राष्ट्र बैंकका उच्च अधिकारी सहभागी हुने छन् ।
चालु आर्थिक वर्षको एकीकृत निर्देशन जारी गर्ने तयारीमा रहेको राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको धारणा सुन्न छलफलमा बोलाएको राष्ट्र बैंकका एक अधिकारीको भनाइ छ ।
प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १५:४५












