१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

एमाले कोशी प्रदेशका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा शपथ ग्रहण

१७ असाेज, विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

विराटनगरमा आज पाँच पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका हुन्। एमाले सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर  महासेठले नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा र विनोद ढकालबिच प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १४:४४