घरमा सुतिरहेका बर्दियाका मोहन खटिकको गोली हानी हत्या, ५० हजार रुपैयाँसमेत लुटियो
१९ कात्तिक, बर्दिया । बर्दियाको बढैयातालमा गएराती अज्ञात समूहले गोली प्रहार गरी एक व्यक्तिको हत्या गरी लुटपाट भएको छ । बढैयाताल गाउँपालिका–३ गोबरियापुरका ३५ वर्षीय मोहन खटिकको गोली प्रहारगरी हत्या गरेर लुटिएको प्रहरीले जनाएको छ ।
घरमा सुतिरहेका खटिकलाई गोली प्रहार गरी लुटेरा समूहले घरमा रहेको ५० हजार रुपैयाँसमेत लुटिलगेका प्रहरीले जनाएको छ। गोली प्रहार गर्ने समूहको पहिचान नभएको प्रहरीले जनाएको छ ।

गोली प्रहारबाट गम्भीर घाइते भएका खटिकको उपचारको क्रममा नेपालगञ्ज नर्सिङहोममा मृत्यु भएको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टले जनाएको छ। खटिकको शव हाल अस्पतालमै छ। हत्या र लुटपाटमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार ०८:५८












