१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

अहिले पार्टीका साथी खुइल्याउन सक्रियहरू पार्टी संकट पर्दा कति सक्रिय थिएः गाेकुल बास्काेटा

१७ असाेज, काठमाडाैं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले अहिले पार्टीका साथीहरुलाई खुइल्याउन सक्रिय रहेकाहरु पार्टी संकटमा पर्दा कता थिए भन्दै प्रश्न गगरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले अहिले पार्टीका साथीहरुलाई खुइल्याउनेहरु पार्टी संकटमा पर्दा र विपक्षसँग लड्दा कति सक्रिय थिए भन्दै प्रश्न गरेका हुन् ।

उनले लेखेका छन्, ‘विशाल वृक्षको डालीमा पनि चरा बस्दा र उड्दा दुई पटक हलचल उत्पन्न हुन्छ तर डाली भाँचिँदैन ।अहिले पार्टीकै साथीहरु खुइल्याउन सक्रिय केही साथीहरु पार्टीलाई वास्तविक संकट पर्दा र विपक्षीसँग लड्दा कति सक्रिय थिए त ?’

नेता बास्कोटाले डिष्ट्रक्टिव चेतना कहिल्यै कन्ट्रक्टिव नहुने रहेछ भन्दै यो समयको अन्त नभएको पनि बताए ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार ११:५६