२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

असोज २५ बाट एफपीओ निष्कासन गर्दै मिर्मिरे लघुवित्त

१७ असाेज, काठमाडाैं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले असोज २५ गतेदेखि एफपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँबराबरको कुल १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ निष्कासन गर्नेछ।

कम्पनीकाे एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि छिटोमा असोज ३० गते र ढिलोमा कात्तिक ९ गतेसम्म  खरिद आवेदन दिन सकिनेछ। कम्पनीकाे एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १०:०२