१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१७ असाेज, काठमाडाैं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज असोज १७ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि असोज १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज १७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम रहेका सेयरधनीहरुले मात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीकाे चौथो वार्षिक साधारणसभा असोज २६ गते पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा दिउँसो १ः३० बजेबाट सुरु हुनेछ। सभाले चुक्तापुँजीकाे १७.९३४२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभाले अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर वा प्राप्ति जान उपयुक्त देखिएको सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार ०९:२८