१२ चैत्र २०८२, बिहीबार | Thu Mar 26 2026

सामुदायिक लघुवित्तले बाेलायाे साधारणसभा, बीपीडब्लुसँग मर्ज प्रस्ताव स्वीकृत गर्ने

१५ असाेज, काठमाडाैं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले साधारण सभा बाेलाएकाे छ । असोज १४ गते आइतबार बसेकाे कम्पनी सञ्चालक समितिको बैठकले असोज ३० गते विशेष साधारणसभा बाेलाएकाे हाे । सभा काभ्रेको बनेपालस्थित होटेल उग्रचण्डमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले सामुदायिक र बीपीडब्लु लघुवित्त एकआपसमा मर्ज हुने विशेष प्रस्ताव पेश हुनेछ । मर्जरका सम्बन्धमा सञ्चालक समितिले तयार गरेको प्रतिवेदन र निर्णयहरु छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

साथै, सभाले मर्जर प्रक्रिया सम्पन्न भएपश्चात हुने संस्थाको नाम, ठेगाना, अधिकृत पुँजी, जारी पुँजी, चुक्तापुँजी, सेयर संरचनालगायत थप परिवर्तन हुने विषयमा प्रबन्धपत्र र नियममावलीको आवश्यक दफा, उपदफा तथा नियमहरु संशोधन तथा परिमार्जन गर्ने लगायत प्रस्ताव स्वीकृत गर्नेछ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १८ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरुले मात्रै लघुवित्तको विषेश साधारणसभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार १०:१४