१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

राजनीतिमा इमान्दारले अवसर नपाउँदासम्म जनताले सुधारको अनुभूति गर्न पाउँदैनन्ः गगन विष्ट

१५ असोज, काठमाडाैँ । नेकपा एमालेका नेता केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले राजनीतिमा इमान्दारले अवसर नपाउँदासम्म जनताले सुधारको अनुभूति गर्न नपाउने बताएका छन । सामाजिक सञ्जाल मार्फत  टिप्पणी गर्दै सचिव विष्टले यस्तो प्रवृति नेपाली राजनीतिको बिरूप पक्ष बनेको पनि बताएका छन ।

विष्टले राजनीतिमा रङ फेर्नेहरूले नै ठूलाठूला अवसरहरू प्राप्त गर्ने र पार्टी वा राजकीय शक्तिमा पुग्ने बताएका छन । वर्तमान राजनीतिको बिरूप पाटोका बारेमा टिप्पणी गर्दै विष्टले भनेका छन, ‘राजनीतिमा रङ्ग फेर्न सक्नेहरू नै ठुल्ठूला अवसर पाउँछन्। र पार्टी वा राजकीय शक्तिमा पुग्छन। तर इमानमा बस्नेहरू त्यस्तो अवसर कहिल्यै प्राप्त गर्न सक्दैन। यो नेपाली राजनीतिको बिरूप पक्ष हो। यस्तो अवस्था रहेसम्म नेपाली जनताले सुधारको अनुभूति गर्न कहिल्यै पाउने छैनन्।’

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार १०:०२