१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एमाले उपत्यका प्रदेश कमिटीको प्रथम अधिवेशनकाे लोगो सार्वजनिक

१४ असाेज, काठमाडौं । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको यही असोज १९ र २० गते हुने प्रथम अधिवेशनको लोगो सार्वजनिक गरिएको छ।

पार्टीका पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी ईन्चार्ज सुजिता शाक्यले आज लोगो सार्वजनिक गरेकी हुन् । सो अवसरमा इन्चार्ज शाक्यले पार्टीको संगठनात्मक कामलाई प्रणालीगत बनाई आगामी निर्वाचनमा पहिलो दल बनाउने गरी काम गर्न आव्हान गरिन् ।

अधिवेशनका लागि प्रतिनिधि छनौटको काम शनिबार सम्पन्न भएको छ। अधिवेशनमा ३ सयभन्दा बढीको सहभागिता रहने छ। गैर भूगोलका विशेष क्षेत्र पेशा, व्यवसाय, विद्यार्थी र मजदूर क्षेत्रको छाता संगठनका रूपमा रहेको उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनलाई त्यही उचाईका साथ भव्य, सभ्य र उच्च संस्कारमा सम्पन्न गरी उदाहरणीय बन्नुपर्ने ईन्चार्ज शाक्यले बताइन्।

प्रदेश कमिटी अध्यक्ष प्रेमकुमार पराजुलीले प्रथम अधिवेशन भव्यरुपमा सम्पन्न गर्न जनपरिचालनमा जोड दिँदै राष्ट्रिय सभागृहमा हुने उद्घाटनसत्रमा सक्रियता साथ सहभागी हुन कमिटी मातहतका सबै सदस्यहरुलाई आव्हान गरे।

लोगो सार्वजनिक कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी ईन्जार्चहरू विना श्रेष्ठ, सीता लामा, बालिका गिरी र गोविन्द दुवालको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार १९:०१