हिमालयन रि-इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त
१४ असाेज, काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छन् । कम्पनीका सीईओ चन्द्रशेखरन रामामूर्तिले राजीनामा दिएपछि पौडेल सीईओमा नियुक्त गरिएको हो ।
यसअघि नायब कार्यकारी अधिकृतको रुपमा रहेकी पौडेललाइ सीईओमा नियुक्त गरिएको छ । पौडेल यसअघि युनाइटेड इन्स्योरेन्सको सीईओ थिइन् ।
प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार १६:३६