६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

दशैँको मुखमा पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि, ग्यासमा २१५ र मट्टितेलमा ६ रूपैयाँ बढ्यो

१३ असोज, काठमाडौँ । सरकाले दशैँको मुखयमा खाना पकाउने ग्यासमा भारी मूल्यवृद्धि गरेको छ । शनिबार सरकारले ग्याससहित पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ र हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ मूल्य बृद्धि गरिएको छ ।

मूल्य बढेसँगै ग्यास मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य १८५ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेलको मूल्य १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १।०९५ अमेरिकी डलर कायम भएको छ । बढेको मूल्य शनिबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार २१:२९