१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

एमाले कर्णालीको अध्यक्षमा ५ जनाको उम्मेदवारी

१२ असाेज, काठमाडाैं । नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । प्रदेशको अध्यक्षमा प्रेमबहादुर सिंहसहित ५ जनाको उम्मेदवारी परेको हो ।

सिंहसँगै गुलाबजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रकाश रोकायको उम्मेवारी परेको हो । बन्दसत्र सकिएपछि कर्णाली प्रदेश कमिटीको निर्वाचनको लागि चुनावी प्रक्रिया शुरू भएको छ ।

शुक्रबार दरखास्त फाराम भर्ने, उम्मेदवारको प्रक्रिया पूरा गरेपछि शनिवार मध्यान्ह साढे १२ बजेदेखि ६ बजेसम्म मतदान गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार २१:३१