नेपाल रिपब्लिक मिडियाका सेयरधनीको हात खाली, बोलायो वार्षिक साधारणसभा
१२ असोज, काठमाडौं । नेपाल रिपब्लिक मिडियाले सेयर सेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ । हालै सर्वसाधारणलाई आईपीओ जारी गरेको कम्पनीले आर्थिक वर्ष २०७९र८०का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो । कम्पनीले सेयरधनीहरुलाई लाभांश नबाँड्ने भएसँगै यस बर्ष लगानीकर्ताहरूको हात खालि हुने भएको हो ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेको हो। साथै,
सोही बैठकले कम्पनीको तेस्रो वार्षिक साधारणसभा पनि बाेलाएकाे छ। सभा कात्तिक ३ गते काठमाडाैंकाे जडीबुटीस्थित जडीबुटी इन्द्रेणी ब्यांक्वेटमा बिहान साढे १० बजेबाट सुरु हुनेछ।
सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट सञ्चालन समितिमा प्रतिनिधित्व गर्ने एकजना सञ्चालनको निर्वाचन गर्नेछ। साथै, सभाले आ.व. २०७९/०८० को लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तिय विवरणहरु उपर छलफल गरि सो लाई पारित गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १८ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको वार्षिक साधारणसभा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ११:११












