१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

आशामाया तामाङसहित २२ जनालाई सात दिनभित्र सम्पर्कमा आउन नेपाल प्रहरीको अपिल

१० असोज, काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले आशामाया तामाङसहित २२ जनालाई सात दिनभित्र सम्पर्कमा आउन अपिल गरेको छ । प्रहरीले सम्पर्कबिहीन भएका २२ जना प्रहरीहरुको नामावली सार्वजनिक गर्दै ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

आफूखुसी कार्यालयमा गैर हाजिर भएको र खोजतलास गर्दा पनि नभेटिएको भन्दै प्रहरी प्रधान कार्यालयले सातदिने म्याद दिई सम्पर्कमा आउन भनेको हो । कार्यालयको सम्पर्कमा आउँदा गैर हाजिर हुनुको कारण खुलाइ स्पष्टीकरण पेश गर्न पनि सूचनामा भनिएको छ । गैरहाजिर भएका प्रहरी सहायक हबल्दारहरुमा झापाका समिर दाहाल, संखुवासभाका जनम राई, धादिङका अमित श्रेष्ठ र अर्घाखाँचीका कमल श्रेष्ठ रहेका छन् । यसैगरी सम्पर्कमा नरहेका अन्य प्रहरी जवानहरुमा अमर डाँगी, निवास चौधरी, प्रेम कुँवर, पूर्णबहादुर वली, हेमन्त कुमाल, उमेश लामा, सुस्मत खड्का, दिपक राई, केवोङलिङ आङदेम्बे रहेका छन् ।

यस्तै प्रकाश अधिकारी, आशामाया तामाङ, राजकुमार महत, अनिल परियार, जिबहादुर पुन, किशोर थारु, मोहनसिंह विक, सुरेन्द्र बहादुर शाही र सन्तोष सुनारलाई पनि सात दिन भित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले भनेको छ । कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार १८ जना साउन महिनादेखि, ३ जना असार महिनादेखि र १ जना भदौ महिनादेखि कार्यालयमा गैरहाजिर छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार ०९:४५