१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

हेलम्बुका हस्त एमाले बागमतीको सचिवमा उम्मेदवार

१० असोज, काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा सचिव पदका लागि सिन्धुपाल्चोकका नेता हस्त पण्डितले उम्मेदवारी घोषणा गरेका छन् । सिन्धुपाल्चोक जिल्लाबाट नेतृत्व गरिरहनुभएका केन्द्रीय सदस्यहरु, पुर्व जिल्ला अध्यक्षहरु र जिल्लाका पदाधिकारिहरुको बैठकमा उहाँले आफ्नो सचिवमा उम्मेदवारी हुने र सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

आफ्नो उम्मेदवारी बारे प्रस्ट पार्दै पण्डित यसो भन्छन ‘प्रदेश कमिटी पदाधिकारी भनेको नेकपा एमालेको छाँया क्याबिनेट हो । पदाधिकारी बन्न चाहनेले भोलि प्रदेशको सरकार बनाउन तयारि गर्ने समिती हो । उनिहरु पुर्णतस् प्रदेशको काममा केन्द्रित हुन जरुरी छ । बिगतमा पाएको जिम्मेवारिको स्वमुल्यांकन र आगामी दिनको कार्ययोजना सम्बन्धमा प्रतिस्पर्धिहरुका बिचमा छलफल चलाएर उत्कृष्ट हुनेलाइ पार्टि नेतृत्वले सहमतिमा छान्ने वा चुनाव हुँदा पनि अब्बल प्रतिस्पर्धिलाइ छान्न पाउने अवसर दिनु राम्रो हुन्छ ।बिगतमा पार्टीले दिएको जिम्मेवारि कुशलतापुर्वक भुमिका निर्वाह गरेको छु, बिगत दुई वर्षको अनुभवका आधारमा बागमतिको पार्टीलाई अघि बढाउन सचिवको जिम्मेवारी लिन चाहेको छु । प्रदेश सचिवले गर्नुपर्ने कामको अवस्था हेर्दा सबैभन्दा उत्कृष्ट उम्मेद्वार हुँ भनी दावी गरेको छु ।’

सिन्धुपाल्चोक जिल्लाको दुर्गम भेग हेलम्बुका हस्त पण्डित विद्यार्थी कालदेखि नै आन्दोलनको मैदानमा थिए । २०३९ सालमा कक्षा ७ मा पढ्दै गर्दा अखिलको सदस्यता लिएर स्कुल प्रा। क। सचिव र आर आर क्याम्पस अध्ययन गर्दा समेत क्याम्पस कमिटिमा सचिव भएर नेतृत्व गरेका थिए ।

पार्टीको जनसनगठन युवासंघमा स्थापना कालदेखि नै विभिन्न कमिटिको नेतृत्व गर्दै २०६३ सालसम्म जिल्ला अध्यक्ष भएर कुसलातापुर्वाका जिम्मेवारी निर्वाह गरेका थिए । २०६० सालमा केन्द्रिय सदस्य हुदै २०६६ सालमा सचिव सम्म भएका थिए । सिपा एमालेको पार्टी अध्यक्ष भएपछी चाहि युवासंघबाट विदा लिएका थिए ।

२०४७ पौषमा पार्टी सदस्यता लिएर गाउँ कमिटि सचिब, इलाका सचिव हुँदै २०५१ देखि २०६६ सालसम्म जिल्ला कमिटी सदस्य र २०६६(६९ मा जिल्ला अध्यक्ष, बागमती अंचल कमिटी सदस्य, त्यसपछी केन्द्रीय अध्ययन अनुसन्धान बिभागको सचिव ३ बर्ष, केन्द्रीय शहरी बिकास बिभागको सदस्य, केन्द्रीय बिपद ब्यवस्थापन बिभाग सदस्य, प्रादेशिक संरचनामा गएपछी बागमती प्रदेशको सचिवालय सदस्यका साथै बन वातावरण बिभाग प्रमुख, नेकपा कालमा प्रदेश कोष तथा लेखा ब्यवस्थापन बिभाग प्रमुख र हाल स्कुल बिभाग प्रमुख रही जिम्मेवारी बहन गरेका छन् ।

समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरेका पण्डित विभिन्न संघ संस्थाहरुमा परामर्श सेवा, तालिम गोस्ठी संचालन, बैकल्पिक उर्जा क्षत्रमा लामो अनुभव हासिल गरेका छन् । विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार ०९:३९