रोकिएन सेयर बजारको आरालो यात्राः ५.८९ अंकले नेप्से घट्दा ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट
८ असाेज, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार पनि सेयर बजारमा गिरावट अाएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)आज ५.८९ अकंले घटेर २००४.४५ बिन्दुमा बन्द भएको छ । सोमबार २८४ कम्पनीको ६५ लाख १६ हजार ६ कित्ता सेयर किनबेच हुदाँ कारोबार १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ ।
आज ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सोमबार माइ खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मन्दाकीनि हाइड्रोपारसहित ६ कम्पनीको सेयरमा सर्किट लागेको छ । आज शुभम् पावर लिमिटेड र थ्रीस्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको यस दिन सर्वाधिक काराेबार भएकाे छ ।
प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार १५:२३












