नेप्सेमा दोहोरो अकंको गिरावट, तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
७ असोज, काठमाडौं । साताको पहिलाे कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १९.४२ अकंले घटेर २०१०.३५ बिन्दुमा बन्द भएको छ । आज २८५ कम्पनीको ९० लाख ३ हजार ९४१ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजार घट्दा पनि तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन एशियन हाइड्रोपावर, स्वरोजगार लघुवित्त र हिमालयन लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेकाे हाे । आज शुभम् पावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज माछापुच्छ्रे बैंक लिमिटेडको सर्वाधिक काराेबार भएको छ । कम्पनीको आज १३ करोड २४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रकाशित मिति : ७ आश्विन २०८०, आईतवार १५:१६












