छुट्ला है ! माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
७ असाेज, काठमाडाैं । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ७ गते आइतबार अन्तिम दिन रहेको छ। बैंकले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म नेप्सेमा काराेबार भइ कायम रहेका सेयरधनीहरुले मात्रै बैंकको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।
बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा असोज १८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट हुनेछ।
सभाले गत आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित चुक्तापुँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।
प्रकाशित मिति : ७ आश्विन २०८०, आईतवार ०९:१०