२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

घुस्याहा नापी सर्भेक्षक दिपेन्द्र यादव रंगेहात पक्राउ

१७ कात्तिक, काठमाडाैँ । सप्तरीको कञ्चनरुप नगरपालिकाकास्थित नापी कार्यालयका एक जना सर्भेक्षक सेवाग्राहीसँग घुस लिएको आरोपमा शुक्रबार साँझ रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीसम्पर्क कार्यालयले कञ्चनरुप नगरपालिकाकामा रहेको नापी कार्यालयका सर्भेक्षक दिपेन्द्र यादवलाई घुससहित पक्राउ गरेको हो ।

जग्गाको क्षेत्रफल सुधार गर्ने कार्यका लागि यादवले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले विज्ञप्ति मार्फत जानकारी दिएका छन । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७५, शनिबार ०७:३४