१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

लाभांश प्रस्ताव पारित गर्न सिटिजन्स बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

५ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठककाे निर्णय अनुसार बैंकको सत्रौँ वार्षिक साधारण सभा असाेज २६ गते बिहान ११ः०० बजे अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडाैंमा बस्नेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीको तर्फबाट ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले असोज १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ असोज १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारणसभामा सहभागि हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार ११:४९