१३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026

नेपालको राष्ट्रिय झन्डा बोकेर नेपाल आइडलको मञ्चमा अाएका सुविन सिंह टप ९ बाटै बाहिरिए

१६ कात्तिक, काठमाडाैँ । नेपाल आइडल सिजन-२ को टप ९ बाट सुर्खेतका सुविन सिंह बाहिरिएका छन् । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सोमा बिहीबार ‘तिमीले भनेका सारा देव छोएर, म किरिया खान कहाँ सक्छु र’ बोलको गीत गाएका उनी शुक्रबारको कार्यक्रमबाट बाहिरिए ।

शुक्रबारको कार्यक्रममा सुविन नेपालको राष्ट्रिय झन्डा बोकेर मञ्चमा देखा परे। विक्रम र सुविनले ‘ठूलाठूला महल होइन’ बोलको गीतमा संयुक्त प्रस्तुति दिएका थिए। उनीहरूले गीत गाइरहँदा सबै दर्शक र जज मन्त्रमुग्ध थिए।

शुक्रबार बाहिरिएका सुर्खेतका सुविन नेपाल आइडलका चर्चित प्रतियोगी हुन्। सानैदेखि संगीतमा रुचि राख्ने उनी यही क्षेत्रमा विशेष गर्न चाहन्छन्। नेपाल आइडल आउनुअघि उनी कतार बसेर फर्किएका हुन्।

अलिकति जिम्मेवारी, अलिकति खुसी र थोरै दुःख लागेको बताउँदै उनले नेपाल आइडलले आफ्नो लक्ष्य पूरा गर्न बाटो खोलिदिएकोमा कार्यक्रमप्रति आभारी व्यक्त गरे।

 

प्रकाशित मिति : November 2, 2018 at 10:19 pm