२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

अर्घाखाँचीमा विदेशी पर्यटकको तमासा, नांगो नाच, नांगै स्नान, याैनअंगमा माटो दलेर योगा

१६ कात्तिक, काठमाडाैँ । नेपाल घुम्न आएका ४० भन्दा धेरै विदेशी पर्यटकले अर्घाखाँचीमा पुगेर नांगो नाच देखाएका छन । अर्घाखाँचीमा पर्यटकले नाङ्गै भएर उछृंखल गतिविधि गरेपछि स्थानीय प्रशासनलाई तनाव भएको छ ।

स्थानीय प्रशासनको अनुमतिबिना जिल्लाको शीतगंगा नगरपालिकामा प्रवेश गरेका पर्यटकले विभिन्न बहानामा नाङ्गिएर उछृंखल गतिविधि गरेपछि स्थानीय प्रशासनले ती विदेशी पर्यटकलाई पक्राउको तयारी गरिरहेको छ । शितगंगा नगरपालिका–६ गोवाङ्ग खोला र बुंची खोलाको दोभानमा स्थानीय प्रशासनको अनुमतिबिना प्रवेश गरि टेन्ट टाँगेर बसेका उनीहरुले नाङ्गै भएर नाचगान गर्नुका साथै नुहाएका थिए ।

४० जना पर्यटकको टोली त्यस क्षेत्रमा पसेर नाङ्गिँदै उछृंखल गतिविधि गरेको गुनासो स्थानीयले गरेपछि उनीहरुलाई त्यस क्षेत्रबाट फिर्ता पठाउन प्रहरी लागिरहेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताएका छन । पर्यटकको टोलीले नग्न अवस्थामा खोलामा नुहाउने, माटो दल्ने, नाङ्गै तस्विर कैद गर्ने जस्ता गतिविधि गरेका थिए ।

त्यसक्रममा उनीहरुले बिनासूचाना र अनुमति टेन्ट नै टाँगेर बसेपछि फिर्ता पठाउन गएरातिदेखि नै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलयका निमित्त प्रहरी प्रमुख खिमबहादुर घमले बताएका छन ।  ‘महिला र पुरुष पर्यटकहरु नाङ्गगै बस्ने, नुहाउने माटो दल्ने र योगा गर्ने जस्ता गतिविधि गरेका पाइएको छ’, उनले बताए ।

प्रहरीले विदेशी पर्यटक लैजाने नेपालीहरु शालिक ढुङगाना र मोतीराम गैरेलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । स्थानीय बुङ्ची खोला बगरमा २५ राष्ट्रका ४० भन्दा बढी नागरिकले उच्छृंखल गतिविधि गरिरहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल परियारको टोली घटनास्थलमा पुगेर उनीहरुलाई फिर्ता गर्ने प्रयास गरिरहेको बुझिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार १६:५०