१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

कुमारी बैंककाे करिब ८० हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

२८ भदाै, काठमाडाैं । कुमारी बैंकको करिब ८० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकका संस्थापक सेयरधनी किरणप्रकाश साखको नाममा रहेको कुल ७९ हजार १६६ कित्ता सेयर बिक्रीमा राखिएको हाे ।

बिक्रीमा राखिएकाे सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउँछन्। साे सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र नक्सालस्थित कुमारी क्यापिटलमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

साथै, तोकिएको समयभित्र बिक्रीमा राखिएकाे उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार १५:५१