२५ बैशाख २०८१, मंगलवार | Wed May 8 2024

– अमित संग्रौला

जसको छेउमा बस्दा
निक्कै आनन्द र शान्तिको
महसुस गर्न सकिन्छ
आज उनैमाथि
धावा बोलिँदै छ ।

प्रकृतिमाथि खेलवाड गरिँदैछ
सृष्टिकै एकमात्र
सौन्दर्यको खानी हुन
मेरि गौ माता !

जब उनको छेउमा पुग्दछु
सारा दुख बिर्सिन्छु ।
तब म गौ माता सेवाको लागि
समर्पित हुन्छु ।

आमाको जस्तै
ममता र स्नेहले भरिएको
उनको प्रेम छ ।

आज आफ्नै आमामाथि
बलि चढाएका छन्
धर्मको नाममा ,
अधिकारको नाममा,
स्वतन्त्रताको नाममा ,
बिद्रोह गरेका छन् ।

मेरि गौ मातामाथि !
दलाली गरेका छन् ,
आफ्नै आमाको मुटु खाएर
बाँचेका छन् ।

त्यसैले आज म यतिखेर
गौमाता बचाउ अभियानमा
लागेको छु प्रकृतिको रक्षा गर
गौ मातालाई बचाउ भन्ने
मुल नारा लिएर आएको छु ।

आज उनकै छेउमा बसेर
मेरी गौ मातालाई हेर्दैछु ।।

बिर्तामोड , झापा हाल युएई

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार १५:३८