१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

लाभांश प्रस्ताव पारित गर्न सिटिजन्स क्यापिटलले बाेलायाे वार्षिक साधारणसभा

२८ भदाै, काठमाडाैं । सिटिजन्स क्यापिटलले आफ्नो सत्रौँ वार्षिक साधारणसभा बाेलाएकाे छ ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा असोज १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको झम्सिखेलस्थित द लअन बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८०का लागि चुक्तापुँजीको करसहित १२ प्रतिशतले हुन आउने नगद लाभांश विरतण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभाले कम्पनीको नियमावलीअनुसार गरिएको सञ्चालक नियुक्ति अनुमोदन गर्ने र आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार १२:०३