१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बीरगन्जको बालसुधार गृहमा झडप, नियन्त्रणमा लिन प्रहरीलाई मुस्किल

२६ भदौ, बीरगञ्ज । बीरगञ्जको बाल सुधार गृहमा झडप भएको छ । काठमाडौँ लगायतबाट ल्याइएका बालकहरूका कारण झडप भएको प्रहरीले जनाएको छ । झडपमा केही प्रहरी र केही बालक घाइते भएका छन ।

झडप नियन्त्रणका लागि पर्साका प्रहरी प्रमुख कोमल शाहको कमाण्डमा प्रहरीको टोली तैनाथ गरिएको छ । सुधार गृहभित्र व्यापक तोडफोड र ढुङ्गामुढा भएको बीरगञ्जबाट पत्रकार महेश दासले बताएका छन ।

उनका अनुसार प्रहरीले चार राउन्ड अश्रु ग्यास हानेको छ । सुधार गृहमा १३४ बाल कैदी रहेका छन । प्रहरीले झडपमा लिने प्रयास गरिरहेको भए पनि अझै नियन्त्रणमा आएको छैन । प्रहरीलाइ नै झडप नियन्त्रणमा लिन मिुस्किल भएको छ। चाैकीदाको अत्याचारका विरूद्धमा उनीहरूले दबाब सिर्जना गरेको बताएका छन ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार २२:२२