२५ बैशाख २०८१, मंगलवार | Wed May 8 2024

जनतालाई झुट बोली टार्नेहरु कहाँ छन् ? (निर्मला पन्तमा समर्पित गजल)


–कृष्ण अनुरागी

बीरेन्द्रको बंशनाश पार्नेहरु कहाँ छन् ?
मदनलाई त्रिशुलीमा झार्नेहरु कहाँ छन् ?

राष्ट्राध्यक्ष महिला भाको देश नेपालमा
निर्मलालाई अनाहक मार्नेहरु कहाँ छन् ?

बलत्कार भै मारिएको सयौं दिनमा पनि
जनतालाई झुट बोली टार्नेहरु कहाँ छन् ?

राजा फाली ल्याएको गणतंत्र केका लागी
लाचार सर्कार तँलाई लतार्नेहरु कहाँ छन् ?

समाजवादका ठुला कुरा गर्ने ओ सरकार
भनिदे है न्याय टाढा सार्नेहरु कहाँ छन् ??

©अनुरागी

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार १०:२७