२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

बालकोटमा एमाले प्रवेश गर्नेको लाइन, स्वागतमा सुनिताको टीका ओलीको हस्तमिलान

२३ भाद्र, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा एमाले प्रवेश गर्नेको लाइन नै लाग्न थालेको छ । शनिबार करिब दुइ दर्जन व्यक्तिहरू विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरे । शनिबार साँझ एक पटक त ओली निवासमा भीडनै लागेको थियो ।

कांग्रेस र माओवादीका नेताहरू ओली निवास पुगेर एमाले प्रवेश गरे । एमाले प्रवेश गर्नेको संख्या एकैपटक बढेपछि एमालेमा स्वागत गर्नेक्रममा अध्यक्ष केपी शर्मा ओलीले हस्तमिलान गरे भने केन्द्रीय सदस्य सुनिता बरालले रातो टीक लगाइदिएकी थिइन ।

मधेस प्रदेश  सिराहाबाट विभिन्न पार्टी परित्याग गरी करिब दुई दर्जन नेताहरु नेकपा एमालेमा प्रवेश गरेका थिए । एमाले मधेस प्रदेशका युवा नेता शम्भु साहले दिएको जानकारी अनुसार यसरी प्रवेश गर्नेहरुमा गत निर्वाचनमा नेपाली काँग्रेसका प्रदेशसभाका उम्मेद्वार महेश अधिकारी,प्रदेशसभाकै अर्का उम्मेद्वार योेगेश कुमार सिंह रहेका छन् । यसैगरी काँग्रेसका सिराहा जिल्ला सदस्य रामएकलाव यादव,क्षेत्रीय प्रतिनिधी विनोद महतो र माओवादी केन्द्रका नेता रिकेश प्रसाद साह लगायत रहेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार २१:५९