१ मंसिर २०८१, शनिबार | Sun Nov 17 2024

झडपको स्थिति देखिएपछि सर्लाहीकाे मलंगवामा कर्फ्यु

२३ भदाै, काठमाडाैं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला आज साँझ ५ बजेदेखि भोलि बिहान ८ बजेसम्म सदरमुकाम मलंगवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जील्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

दुई पक्षबीच झडप हुने सम्भावना बढेपछि कर्फ्यु लगाइएको प्रजिअ यादवले बताए । कृष्ण जन्माअष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा शुक्रवार दुई समुदायबीच झडप हुँदा मलंगवा बजार क्षेत्र अशान्त बनेको थियो ।

स्थिति नियन्त्रण बाहिर जाने अवस्था देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ अनुसार कर्फ्यु आदेश जारी गरिएको प्रजिअ यादवले जानकारी दिए।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार १७:३७