२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२२ भदाै, काठमाडाैं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३ बस्ने ५२ वर्षीय हरिभक्त पराजुली रहेका कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

“काठमाडौँ जिल्ला अदालत बबमहलबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी पराजुलीलाई कार्यालयबाट खटिएको प्रहरीको टोलीले ललितपुर महानगरपालिका पुलचोकबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज काठमाडौँ पठाइएको छ”, उनले भने ।

प्रकाशित मिति : 10:47