१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

ज्योति क्यापिटलको सभाबाट १०.५२ प्रतिशत नगद लाभांश पारित

२२ भदाै, काठमाडाैं । ज्योति क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । बिहीबार काठमाडाैंकाे कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा सञ्चालक समितिका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा आयोजित वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८०को का लागि साढे १० प्रतिशत नगद लाभांश अनुमोदन भएको छ।

जसअनुसार सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापुँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने लाभांश करसहित रु. २ करोड २१ लाख ५ हजार २३० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।

साथै, सभाले ज्योति विकास बैंक बाहेकका संस्थापक समूहको सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अविनाश उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ। ज्योति विकास बैंकको सहायक कम्पनीका रुपमा रहेकाे यो क्यापिटलको चुक्तापुँजी २१ करोड रहेको छ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार १०:३४