बैंकहरुमा १ अर्ब ७८ करोड लगानी गर्दै राष्ट्र बैंक
२१ भदाै, काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा १ अर्ब ७८ करोड रुपैयाँ लगानी गर्ने भएको छ।केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको साे रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्न लागेकाे हाे ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ४२ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा २६ करोड ७० लाख रुपैयाँ र फाइनान्समा ८ करोड ९० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको लगानी रकम उल्लेख गरी आवेदन दिनुपर्नेछ । भदौ २४ गते बेलुका ७ बजेसम्म प्रस्ताव पेस गर्नुपर्नेछ। केन्द्रीय बैंकले २०८० असोज २ गतेदेखि २०८१ असोज ३ गतेसम्म ३६७ दिनका लागि लागि मुद्दति निक्षेपमा लगानी गर्न लागेको जनाएको छ।
प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १६:५४












