६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

श्री स्टील्सले गर्यो ३ अर्ब २ करोडको व्यापार, ३ अर्ब १४ करोड कर्जा लिँदै

२० भदाै, काठमाडाैं । श्री स्टिल्स प्रालिको व्यापार घटेकाे छ  । कम्पनीले  सन् २०२३ को पहिलो ६ महिनामा ३ अर्ब २ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

यस अघि २०२० मा कम्पनीले ३ अर्ब २५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो भने २०२१ मा कम्पनीले ७ अर्ब ४६ करोड ७० लाख रुपैयाँको व्यापार गरेकाे थियाे । त्यस्तै, २०२२ मा भने कम्पनीले ६ अर्ब १३ करोड ८० हजार रुपैयाँको व्यापार गरेको छ ।

हाल कम्पनीले ३ अर्ब १४ करोड ५ लाख रुपैयाँको कर्जा लिनका लागि रेटिंग गराएको छ । इक्रा नेपालले कम्पनीलाई १ अर्ब १४ करोड रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि एलबि प्लस रेटिंग दिएको छ भने २ अर्ब रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिंग दिएको छ । । २०१६ मा स्थापना भएको यो कम्पनीले टीएमटी स्टील बारहरु निर्माण गर्दछ ।  कम्पनीको उत्पादन कारखाना रुपन्देहीको रोहिनी–४ मा रहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १५:३०