१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

पूर्वमन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबहादुर सापकोटा पक्राउ

२० भदौ, काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन । प्रहरीले घटनास्थलबाटै श्यामबहादुर सापकोटा नामका युवालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । काठमाडौँको भृकुटीमण्डपमा यादवमाथि खुकुरी प्रहार भएको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए । रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिनेक्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । उनको अहिले ट्रम सेन्टरमा उपचार भैरहेको छ ।

पक्राउ पर्ने सापकोटा नुवाकोट जिल्ला बिदुर नगरपालिका ७ तुप्चे स्थायी घर भएका ४७ वर्षीय पुरूष हुन । सापकोटाले आफूलाई राजबादी अभियन्ताको रूपमा परिचय दिने गरेका छन । उनको काठमाडौँको बसोबास तारकेश्वर नगरपालिकाको पयूँटारमा रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए । प्रहरीले खुकुरीसहित समातिएका सापकोटासँग सोधपुछ गरिरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १५:२९