३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

३० प्रतिशत लाभांश पारित गर्न सनराइज क्यापिटलले बाेलायाे साधारणसभा

२० भदाै, काठमाडाैं । सनराइज क्यापिटलले लाभांश वितरण प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । भदौ १९ गते बसेको क्यापिटलको सञ्चालक समितिको  बैठकले १३ औं वार्षिक साधारण सभा असोज १० गते कमलपोखरी स्थित आफ्नै कार्यालयमा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट करसहित ३० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, क्यापिटलको सभाले लक्ष्मी क्यापिटलसँग मर्जरमा जान सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्नेछ । साथै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असरासम्मको वासलात र सोही अवधिको नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १०:२३