२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

चर्चित कवि नवराज पराजुली अष्ट्रेलियाको राजधानीमा आउदै

अष्ट्रेलिया । युवा चर्चित कवि नवराज पराजुली सेप्टेम्वर १५मा अष्ट्रेलियाको राजधानी क्यानवेरा आउने भएका छन् ।

परदेशी इभेन्टको आयोजनामा हुने कविता कन्सर्ट हंग्री बुद्ध नेपाली कुजीन रेष्टुरेन्टमा हुने इभेन्टका किशोर भण्डारीले बताए ।

कविताको प्रस्तुति शैली समेतले पछिल्लो समय पराजुली युवा पुस्ता विच चर्चित छन् । ब्रान्डेड कविको छवि बनाए उनको मागसाहित्यिक कार्यक्रम बाहेकमा समेत उनको माग बढ्दो रहेको छ । झापामा जन्मेका उनले सगरमाथा गहिराई नामक कृतिलाई २०१७मापद्म श्री पुरस्कार प्राप्त गरेका थिए । उक्त कृति मदन पुरस्कारका लागि समेत मनोनयमा परेको थियो ।

कन्सर्टमा अर्का कवि रिदम कडेल समेतको प्रस्तुति रहने आयोजक बासु चापागाईले जनाए । प्रस्तुती शैलीका कारण समेतले कविता  प्रतिको आकर्षण बढाउन सफल पराजुलीको कविता सुन्न राजधानीका खास गरि युवाहरु लालायित रहेको आयोजक मध्यकै राजिप सापकोटाले बताए ।

प्रकाशित मिति : September 5, 2023 at 4:49 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/