२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

पीपीएलमा चितवनको दोस्रो जित,चितवन राइनोजले १३ रनले काठमाडौं रोयल्सलाई पराजित गर्याे

१५ कार्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्काको टिम चितवन राइनोजले १३ रनले काठमाडौं रोयल्सलाई पराजित गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा चितवनले काठमाडौंलाई  पराजित गरेको हो । १५० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रन मात्र बनाउन सक्यो ।

कुनै बेला जित नजिक पुगेको काठमाडौंले अन्तिम ५ ओभरमा ४ विकेट गुमाएपछि हारबाट जोगिन सकेन । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । चितवनका लागि हरिशंकर शाह ६० रन बनाए । उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, स्मिथ पटेलले ३१ रन बनाउँदा अनिल कुमार शाहले २७ रन बनाए । त्यस्तै, कप्तान पारस खड्काले १४ र सुन्नी पटेलले १३ रन बनाए ।

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार १२:५३