२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको कारोबार ३ दिन बन्द हुने

१९ भदाै, काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको कारोबार तीन दिन बन्द हुने भएको छ । कम्पनीले आफ्नो सेवालाई परिष्कृत गर्न कोर बैंकिङ्ग सिस्टम (सीबीएस) प्रतिस्थापन गर्ने भएकाले तीन दिन कारोबार बन्द हुने भएकाे हाे ।

भदाै २० गते बुधबार बिहान ८ बजेदेखि भदाै २३ गते शनिबार राती १२ बजेसम्म सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा बन्द हुने कम्पनीले जनाएकाे छ ।

डाटा माइग्रेशन पश्चात् ग्राहकहरुले नयाँ कायम भएको खाता नम्बरबाटै साविक बमोजिम कारोबार गर्न सकिने कम्पनीले जनाएको छ । साथै, अन्य निकायहरु जस्तै, सेयर दलाल तथा हितग्राही खातामा ग्राहक आफैले नयाँ खाता नम्बर अध्यावधिक गराउन कम्पनीले अनुराेध गरेकाे छ । बैकिङ्ग कारोबारहरु बन्द रहने दिनमा आइपर्न सक्ने अत्यावश्यक कारोबारहरुको लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम सम्पर्क राख्न कम्पनीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार १२:५२