८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

एसिया कपः नेपाललाई दोस्रो झट्का, ७ रन बनाएर आउट भए भीम सार्की

१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भइरहेको खेलमा नेपालले दोस्रो विकटको रुपमा भिम सार्कीलाई गुमाएको हो । सार्कीले १७ बलमा ७ रन बनाएर आउट भए ।

त्यसअघि नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेलाई गुमाएको थियो । खेलको ९ दशमलव ५ ओभरमा कुशललाई शार्दुल ठाकुरले विकेटकिपर इशान किशनबाट क्याच गराएका थिए । कुशलले २५ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३८ रन बनाएका थिए । कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६५ रनको साझेदारी गरेका थिए ।

अहिले क्रिजमा आसिफ सेख र कप्तान रोहित पौडेल छन् । आसिफ ५४ बलमा चार चौकाको मद्दतमा २८ रनमा अविजित छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १६:३९