८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

भारतविरुद्ध ३८ रन बनाएर आउट भए कुशल भुर्तेल

१८ भदौ, काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको भारतविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ ।श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले १० ओभरमा एक विकेट गुमाउँदै ६५ रन बनाएको छ ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका थिए । तर नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमायो । नेपालका सुरुआती व्याट्सम्यान कुशल भुर्तेल ३८ रनमा आउट भए । उनले दुई छक्का र तीन चौका प्रहार गरेका थिए । अहिले आसिफ शेख र भीम सार्की क्रिजमा छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १६:१७