१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु

१८ भदाै, काठमाडौँ । वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । सर्जिकल भवनबाट हाम फालेका उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताए । सूचना अधिकारी मिश्रका अनुसार अन्दाजी ४० वर्षका उनी आइतबार राति २ बजेतिर बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए ।  त्यसपछि उनी माथि तलामा गएर हाम फालेका थिए ।

हामफालेका ती पुरुषको अस्पतालमा बिरामी रहेको नपाइएको र उनको शव बेवारिसे अवस्थामा रहेकाे सूचना अधिकारी मिश्रले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १२:४४