२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

साफ यू–१५ च्याम्पियनसिपकाे अाजकाे खेलमा पाकिस्तान र नेपाल भिड्दै

१५ कात्तिक, काठमाडौं । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज  नेपालले पाकिस्तानसँग खेल्दै छ ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउँसो २ बजेर ३० मिनेटमा फाइनल प्रवेशका लागि आयोजक नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल पाकिस्तानलाई पराजित गर्दै उपाधि होडलाई कायमै राख्ने रणनीतिमा रहेको छ । नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने पाकिस्तान समूह बि को विजेता टिम हो । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलअन्तरले पराजित गरेको थियो ।

दोस्रो खेलमा भने नेपाल बंगलादेशसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।यता, पाकिस्तान भने समूह चरणको दुबै खेलमा विजेता टिम हो । पहिलो खेलमा कठर प्रतिद्धन्दी भारतलाई २–१ गोलअन्तरले पराजित गरेको पाकिस्तानले समूह चरणको आफ्नो अन्तिम खेलमा भुटानलाई ४–० गोलले पराजित गरेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार ०९:४६